कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डढेलोमा परी ३ महिला गम्भीर घाइते

कान्तिपुर संवाददाता

डोल्पा (दुनै) — भोज खाएर घर फर्कंदै गरेको बेला डढेलोमा परी ३ जना महिला गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ । 

ल्हाँ गाउँमा भत्तेर खाइ त्रिपुरासुन्दरी नगरपालिका-६ फुल्चिङतर्फ आफ्नो घर फर्कंदै गरेको बेला त्रिपुरासुन्दरी नगरपालिका-५ पर्ने कागुत्ताको वनमा लागेको डढेलोमा परी अन्दाजी ६२ वर्षीया चाउरी रोकाया, ६० वर्षीया पनरुपा चलाउने र १६ वर्षीया युवती प्रतिमा रोकाया गम्भीर घाइते भएकी छन् ।


कागुत्ताको वनमा शुक्रबार आगलागी भएको थियो । स्थानीयले पूर्णरुपमा आगो ननिभेपछि शनिबार बिहान पाखोमा एक्कासी फैलिएपछि ती महिलाहरु जलेकी थिइन् । आगोको मुस्लोमा परी घाइते भएकी तीनै जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पुऱ्याइएको स्थानीय डिलबहादुर बुढाले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।


त्यसैगरी, ठूलीभेरी नगरपालिका-४ मा पर्ने खम्मनामा ३५ वर्षदेखि बस्दै आएका ६२ वर्षीय कर्णसिंह बुढाको घर आगोले नष्ट भएको छ ।


एक भेडी गोठालोले वनमा लगाएको आगोले जलेर घरमा रहेका सम्पूर्ण धनमाल, लत्ताकपडा, भाँडावर्तन, अन्नपात सबै जलेको पीडितले बुढाले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?