१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डढेलोमा परी तीन महिला गम्भीर

कान्तिपुर संवाददाता

डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ५ कागुत्तास्थित सामुदायिक वनमा लागेको डढेलोमा परी तीन महिला गम्भीर घाइते भएका छन् । जिल्लामा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।

उनीहरू ल्हाँ गाउँबाट भोज खाएर जंगलको बाटो हुँदै फर्किरहेका थिए । बाटोमा हिँड्दै गर्दा उनीहरूलाई जंगलमा लागेको आगोको मुस्लोले पोलेको हो ।


प्रहरीका अनुसार ६२ वर्षीया चाउरी रोकाया, ६० वर्षीया पनरूपा चलाउने र १६ वर्षीया प्रतिमा रोकाया गम्भीर घाइते भएका हुन् । कागुत्ताको वनमा शुक्रबारदेखि आगलागी भइरहेको छ । हावाहुरीले डढेलो उडाउँदा उनीहरू घाइते भएका हुन् । उनीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्‍याइएको स्थानीय डिलबहादुर बुढाले बताए ।


यसैबीच, ठूलीभेरी नगरपालिका ४ खम्मनामा स्थानीय कर्णसिंह बुढाको घरमा आगलागी भएको छ । भोडी गोठालोले वनमा लगाएको आगो बुढाको घरसम्म पुगेको थियो । आगलागीले घरमा रहेका धनमाल, लत्ताकपडा, भाँडावर्तन, अन्नपात सबै नष्ट भएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?