२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हावाहुरीले उडायो विद्यालयको छाना, पठनपाठन बन्द

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — हावाहुरीले त्रिपुरासुन्दरी नगरपालिका-५ खदाङ्मा रहेको फोक्सुन्डो आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठनमा समस्या पर्ने भएको छ ।

हावाहुरीले उडायो विद्यालयको छाना, पठनपाठन बन्द

शनिबार बेलुकी जोडले चलेको हावाहुरीले विद्यालयको ६ कोठे भवनको टिनको छाना उडाएर भत्काएपछि विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक गोर्खबहादुर बुढाले बताए । उनका अनुसार कक्षा १ देखि कक्षा ५ सम्म रहेको विद्यालयमा ८० जाना छात्रा छात्रहरुले अध्ययन गरिरहेका छन् ।


हावाहुरीले उक्त ६ कोठे भवनको सबै छाना उडाएकाले विद्यार्थी पढाउने ठाउँ नहुँदा केही दिन विद्यालय बन्द गरिएको छ । उक्त विद्यालयमा एक जना स्थानीय स्रोतको शिक्षकसहित चारजना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।


प्रकाशित : फाल्गुन १३, २०७४ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?