कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णाली प्रदेश सरकारलाई विश्वासको मत प्राप्त, पक्षमा ३२, विपक्षमा ६ 

जनक नेपाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले मंगलबार विश्वासको मत लिएको छ । सत्तारुढ वाम गठबन्धनका ३२ सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने कांग्रेसका ५ र राप्रपाका एक सांसदले विपक्षमा मत जाहेर गरेका छन् । 

कर्णाली प्रदेश सरकारलाई विश्वासको मत प्राप्त, पक्षमा ३२, विपक्षमा ६ 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकारका लागि पक्ष-विपक्ष नभएर सिंगो प्रदेशसभाबाट विश्वासको मत दिन आग्रह गर्दै प्रस्ताव गरेका थिए । एमालेका संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले विकास र समृद्धितर्फको यात्रा अघि बढाउनुपर्ने भन्दै समर्थन जनाएका थिए । त्यस्तै, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले संघीयता कर्णाली प्रदेशजस्ता पछि परेका क्षेत्रको उत्थानका लागि ल्याइएको बताइन् ।


प्रमुख प्रतिपक्ष कांग्रेसका नेता जीवनबहादुर शाहीले भने सिंगो प्रदेशसभाले समर्थन गरे सरकार तानाशाह बन्ने तर्क गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । त्यस्तै, राप्रपाकी शोसिला शाहीले आफ्नो पार्टी विपक्षमा रहने बताइन् ।

वाम गठबन्धनको बलियो उपस्थिति रहेको प्रदेशसभाबाट सरकारले दुई तिहाई धेरै मत पाएको छ । कर्णाली प्रदेशको ४० सदस्यीय सभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन् । सरकारले सभामुखको मतबाहेक ३२ मत प्राप्त गरेको हो ।


मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका मुगुका सांसद चन्द्रबहादुर शाहीले समेत पक्षमा मतदान गरे । प्रमुख प्रतिपक्ष कंग्रेसका ६ र राप्रपाका १ सांसद छन् । कांग्रेस सांसद झुमा लामा बिक अस्वस्थ भई उपस्थित भइनन् ।

प्रकाशित : फाल्गुन १५, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?