१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यालय निर्माणमा सेना

एलपी देवकोटा

जुम्ला — नेपाली सेनाको भगवती दल गणले तातोपानी गाउँपालिका– ४ गिडिचौरस्थित गणेश आधारभूत विद्यालयको भवन निर्माण गरिरहेको छ ।

विद्यालय निर्माणमा सेना

माघ ५ गतेदेखि सुरु भएको दुईकोठे भवन निर्माणमा नेपाली सेनाका कर्मचारीहरूले श्रमदान गरिरहेका हुन् । भवन निर्माणका लागि गणले २ लाख ५० हजार रुपैयाँ सहयोगसमेत गरेको छ । फागुन महिनाभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गणको योजना छ ।


विद्यालयको आवश्यकता हेरी आफूहरूले भवन निर्माण गरिरहेको भगवती दल गणका गणपति सुशील थापाले बताए । उनका अनुसार नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन सेनाले जनसेवाका काम गरिरहेको हो । भूकम्प प्रतिरोधि दुईकोठे भवन निर्माणको लागत अनुमान ९ लाख रुपैयाँ रहेको तातोपानी गाउँपालिका ४ का वडा अध्यक्ष धीरज जैशीले बताए । ‘तीन लाख रुपैयाँ वडा कार्यालयले उपलब्ध गराउनेछ । अन्य अपुग रकम जिल्ला शिक्षा कार्यालयसँग माग गर्ने गरी भवन निर्माण भैरहेको हो,’ उनले भने, ‘सेनाले गाउँमा विद्यालय भवन बनाउन थालेर ठूलो गुण लगाएको छ ।’


स्थानीय स्तरमा तत्काल प्रतिफल प्राप्त हुने परियोजनाका लागि भवन निर्माण गर्न लागिएको हो । भवनको जग निर्माणका क्रममा एक सय जनासम्म जनशक्ति प्रयोग गरिएको थियो भने अहिले दैनिक १७ जनाले काम गर्दै आइरहेका छन् । कक्षा ५ सम्म अध्ययन भैरहेको विद्यालयमा भौतिक संरचना अभाव भएकाले गणले सहयोग थालेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम नेपालीका अनुसार विद्यालयको पुरानो भवन जीर्ण बन्दा विद्यार्थीलाई खुला आकाशमुनि पढाउनुपर्ने बाध्यता थियो । ‘पानी पर्दा र हावा चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था थियो ।

प्रकाशित : फाल्गुन २१, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?