काम नसकिँदै भत्कियो तारजाली

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका कार्यालय नजिकैको भद्रकाली सडकमा लगाएको तारजाली काम सम्पन्न नहुँदै भत्किएको छ । उपभोक्ता समितिले गुणस्तरहीन जग निर्माण गरेकाले पहिरो नियन्त्रणका लागि लगाइएको जाली भत्किएको हो । 

करिब ३० मिटरमा ४० भन्दा बढी जाली लगाइएको थियो । जाली भर्ने काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ । स्थानीयले खाल्डोमा ढुंगा मिलाएर नराखिएको र माटोले मात्र जाली पुरिएको आरोप लगाएका छन् । शारदा नगरपालिकाको १५ लाख बजेटबाट भद्रकाली जाने सडकको मुखको छेउमा र अन्य केही स्थानमा उपभोक्ता समितिमार्फत काम गरिएको हो । समितिले सबै ठाउँमा लगाएको जाली उस्तै रहेको र वर्षा लाग्नबित्तिकै भत्किने स्थानीयको आरोप छ । प्राबिवधकको सल्लाहबिना नै उपभोक्ता समितिले जाली लगाउने काम गरेको स्थानीय बताउँछन् । जाली लगाएको धेरै भाग भत्किसकेको छ । ‘बाँकी पनि भत्किने अबवथामा छ । विकासको नाममा रकम दुरुपयोग गर्नेलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

नगरपालिकाका इन्जिनियर भरत बुढाथोकीले उपभोक्ता समितिले कामका लागि खटाइएका प्राविधिकको सल्लाहबिनै मनपरि निर्माण गरेको बताए । उनका अनुसार वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षको मनपरिले काममा समस्या भएको जनाएका छन् । उपभोक्ता समितिलाई पेस्कीस्वरूप ७ लाख मात्र भुक्तानी दिएको र अन्य रकम भुक्तानी नदिइएको उनले जनाए । निर्माणको काम गुणस्तरयुक्त नभएकाले सबै भुक्तानी नदिएको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनले समितिसँग मिलेर काम गर्ने प्राविधिकलाई पनि कारबाही गर्ने जनाएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?