जलेको ९ दिनपछि उपचार 

प्रकाश अधिकारी

सुर्खेत — आगोले जलेर घाइते भएका एक बालकको उद्धार गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँका ६ वर्षीय निरज नेपालीलाई उद्धार गरी अस्पताल भर्ना गरिएको हो । 

 जलेको ९ दिनपछि उपचार 

कर्णाली प्रदेशसभाकी सांसद पद्मा खड्काको पहलमा बालकलाई बुधबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको हो । सांसद खड्काले बालकको सम्पुर्ण उपचार खर्च व्यहोर्ने बताइन् ।


गत फागुन २९ गते सलाई खेलाउने क्रममा आगो सल्किदा निरजकी ४ वर्षीय बहिनी अनुषाको ज्यान गएको थियो भने उनी घाइते भएका थिए । आगोले निरजको हात, मुख र खुट्टाको तल्लो भाग जलेको छ ।


आर्थिक अभावका कारण निरजका बाबुआमाले उपचारकालागि अस्पतालसम्म ल्याउन नसकेको बताए । ‘अस्पतालमा नि:शुल्क उपचार हुने भएपनि बाटो खर्च नहुँदा ल्याउने आँट गरेनौं’ आमा अमृताले भनिन् ।

सांसद खड्कासँगै पत्रकार दीपक बुढा र व्यवसायी निरक वलीले नि:शुल्क उपचारबाहेक लाग्ने अतिरिक्त खर्च व्यहोर्ने भएका छन् ।


प्रकाशित : चैत्र ७, २०७४ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?