जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रासस

रुकुम — पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंको जिप बुधबार राति अघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । 

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो । पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए ।

प्रकाशित : चैत्र ७, २०७४ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?