२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

फर्जी बिल बनाएर चौकी इन्चार्जले रकम भुक्तानी लिएको खुलासा

ज्योती कटुवाल

दैलेख — डुङ्गेश्वर गाउँपालिकाले सामग्री नै खरिद नगरी व्यक्तिको नाममा रकम भुक्तानी दिएको खुल्न आएको छ । वडा नं. २ मा रहेको अस्थायी प्रहरी चौकी चुप्राको सामग्री खरिदका लागि गाउपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।  सामान खरिद नै नगरी गाउँपालिकाले व्यक्तीकाे नाममा भुक्तानी  दिएको रहस्य खुल्न अाएकाे हाे । 

गाउँपालिकाको विनियोजित बजेटमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर धामीले सामग्री खरिद नै नगरी रकम भुक्तानी लिएको पाइएको छ । गाउँपालिकाले प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी गरेको छ । गाउँपालिकाले विनियोजित गरेको रकममा प्रहरी चौकीमा सामग्री नै खरिद नगरी व्यक्तिको नाममा रकम भुक्तानी गर्नु सरासर गलत भएको स्थानीयहरुले बताए ।


चैकीका इन्चार्ज धामीले सामग्री खरिद नगरी कामदारहरुको डोर हाजिर फारम र विल भरपाई बुझाएका छन् । उनले स्थानीय चुप्रा बजारमा पाइने सामानहरु पनि नेपालगञ्जबाट खरिद गरेको बिल देखाएका छन् ।

गाउँपालिकाले २ लाख रुपैयाँमा भ्याट रकम कट्टा गरेर १ लाख ९७ हजार रुपैयाँ प्रहरी सहायक निरिक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी दिएको छ ।


यसबारे प्रहरी सहायक निरीक्षक धन बहादुर धामीले चेक पाएपछि सामग्री अर्डर गरेको बताए । अर्डर गरेको सामान एक हप्ताभित्र कार्यालयमा आईपुग्ने दाबी उनले दाबी गरे । भने, ‘वडा अध्यक्ष लोकबहादुर डाँगीले प्रहरी चौकीमा सामान खरिद गर्न थोरै रकम विनियोजन गरेको र रकम ल्याएर सामान किन्नु भनेकाले आफूले चेक ल्याएको हो ।’

गाउँपालिकाकाले भने प्रहरी चौकीमा सामग्री खरिद गरे नगरेको बारे तत्काल अनुगमन गर्ने बताएको छ ।

प्रकाशित : चैत्र १९, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?