३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जुम्लामा ‘तागा’ लगाएर नयाँ वर्ष

एलपी देवकोटा

जुम्ला — कर्णालीमा बैशाख १ लाई नयाँ वर्षसंगै ‘तागे संक्रान्ति’ का रुपमा मनाउने गरेका छन् । जुम्लामा खस समुदायका विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दै ‘तागा’ चलन छ ।

जुम्लामा ‘तागा’ लगाएर नयाँ वर्ष

जुम्ली परम्परा अनुसार श्रीमान्ले श्रीमतीलाई ‘तागा’ लगाएर नयाँ वर्ष मनाइरहेका छन् । जुम्लामा तागे संक्रान्ति मनाउने चलन मल्लकाल यता सुरु भएको मान्यता छ ।


व्राहमणले विधिपुर्वक पुजाआजा गरेको सात रंगको २१ वटा गाँठो भएको तागा विवाहित महिलाले लगाउने गर्दछन् । तागा लगाएपछि वर्ष परिवर्तन संगै कृषि काम गर्ने समयको सुरुवात भएको भन्ने बुझिन्छ ।


बैशाख एक गते लगाएको तागा कार्तिक ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने परम्परा छ ।

प्रकाशित : वैशाख १, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?