कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूल्लुमा संग्रालय बनाइदै

दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको  नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ  छ

दैलेख — संरक्षण अभावले जीर्ण बनेका दुल्लुका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहरुको पुन:निर्माण गरिने भएको छ । दुल्लु नगरपालिकाको दोस्रो नगरसभाले दुल्लुमा सांस्कृतिक संग्रालय बनाउने निर्णय गरेको छ । 

दूल्लुमा संग्रालय बनाइदै

सिंजा साम्राज्य र वाईसे राज्यको वेला दुल्लु राज्यको रुपमा रहेको ऐतिहासिक महत्वको क्षेत्रलाई संरक्षण र प्रचार प्रसार गरी पर्यकीय गन्तव्यको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।

दुल्लुमा एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्वारा निर्मित पहिलो शिलालेख, ऐतिहासिक कोतगढी, अखण्ड ज्वाला र पुरातात्विक ढुंगेधारा लगायतका सम्पदा छन् । संरक्षण अभावमा जीर्ण बन्दै गएपछि नगरपालिकाले संग्रालय बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको हो । दुल्लुका सम्पदाको संरक्षण गर्नका लागि योजना बनाएको नगरप्रमुख घनश्याम भण्डारीले बताए । दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ छ ।

त्यस्तै, जंगबहादुर राणाको बाबु बालनरसिंह कँुवरको समाधिस्थल बालेश्वर, काजी जसपाउ थापाले निर्माण गरेको पौवा, दुल्लु दरबार, धर्मगाधी, पंचदेवल लगायतका सम्पदा छन् । बिभिन्न मठमन्दिर, पार्टी, पौवाले पनि यहाँको धार्मिक महत्व दर्शाएको छ । देउडा, धमारी, रत्तेवली, नेउले भाका, कर्काे आशिका जस्ता लोक संस्कृतिका लागि समेत दूल्लु क्षेत्र महत्वपूर्ण मानिन्छ ।


यहाँ रहेका पञ्चकोशी तिर्थस्थल, श्रीस्थान, निभिस्थान, पादुका र धरलेश्वर जस्ता सम्पदाको जीर्णद्वार गर्न थालिएको हो । कर्णाली खस सभ्यताको उद्गम थलोका रुपमा दुल्लु क्षेत्रलाई लिइन्छ । सिंजा साम्राज्य कालमा दूल्लुलाई हिउँदे राजधानी बनाइएको थियो ।


ऐतिहासिक दुल्लु क्षेत्रको कला, संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएको र संग्रालय निर्माण गर्न लागिएको नगर प्रमुख भण्डारीले बताए । उनले संग्रालय बनेपछि लोप हुन लागेका कला संस्कृतिको संरक्षण हुने जनाए । दुल्लु नगरपालिकाको क्षेत्रभित्र पर्ने पञ्चकोशी क्षेत्रको सम्र्बद्धन र संरक्षणका लागि उपयुक्त योजना बनाइने नगर प्रमुख भण्डारीको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?