कार्यालय स्थापना नहुँदा सास्ती

दैलेख — नारायण नगरपालिकामा ११ वटा वडा छन् । जसमध्ये २ वटाको मात्र कार्यालय स्थापना भएका छन् । अरू ९ वटा वडा कार्यालय स्थापना नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । ९ वटा वडा कार्यालय भने सदरमुकामबाटै सञ्चालन भइरहेका छन् । नगरपालिकाको एउटै कोठमा फर्निचर राखेर वडाध्यक्षहरूले कार्य सम्पादन गरिरहेका छन् ।

कार्यालय स्थापना नहुँदा सास्ती

वडामै कार्यालय स्थापना नहुँदा सर्वसाधारण घन्टौं हिँडेर सदरमुकाम पुग्न बाध्य छन् ।


छोरीको जन्मदर्ता गर्न ३ घण्टा हिँडेर सदरमुकाम आएकी माया सुनाखरीले आफ्नो वडाध्यक्षलाई भेट्न मात्रै थप २ घण्टा लागेको सुनाइन् । कर्मचारीसमेत नियमित कार्यालयमा नबस्दा समस्या भइरहेको सेवाग्राहीको गुनासो छ । वडा १० का अध्यक्ष लोगबहादुर थापाले स्थानीयस्तरमा कार्यालय सञ्चालन गरे पनि राजस्व तिर्न नगरपालिकामै आउनुपर्ने बाध्यता रहेको सुनाए । उनका अनुसार विद्युत् र इन्टरनेटको समस्याका कारण नगरपालिकामै आउनुपर्ने बाध्यता रहेको हो । थापाका अनुसार कर्मचारीको व्यवस्थापन नहुँदासमेत काममा समस्या भइरहेको छ ।

जिल्लामा ११ स्थानीय तहका ९० वडा छन् । अधिकांश कार्यालय वडास्तरमा सञ्चालन हुन सकेका छैनन् ।


नगरपालिका उपप्रमुख सावित्री मल्लले अबको केही महिनाभित्र वडा कार्यालय सञ्चालनमा ल्याउने बताइन् ।

प्रकाशित : वैशाख ८, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?