छुट्टाछुट्टै घटनामा २ काे मृत्यु

कमल पन्थी

काठमाडौँ — छुट्टाछुट्टै घटनामा शुक्रबार साझ २ जनाको मृत्यु भएको छ । राजापुरबाट नेपालगन्जतर्फ गइरहेको बसको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।

छुट्टाछुट्टै घटनामा २ काे मृत्यु

राजापुर नगरपालिका—८ की १३ वर्षीया बबिता शाहीको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


यसैगरी, ठाकुरबाबा नगरपालिका—३ बगनाहास्थित बबई नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

शुक्रबार साझ ठाकुरबाबा—४ का २३ वर्षीय केशव खत्री बबईमा पौडी खेल्न क्रममा वेपत्ता भएको केही समयमै उद्दार गरि उपचारका लागि कोहलपुर लगिएको थियो ।


उपचारकै क्रममा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७५ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?