कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०७४/७५ को तेस्रो चौमासिकका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश सरकारले पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याउदै यी सम्भावनालाई सार्थक बनाउने नीति सार्वजनिक गरेको छ ।


यसका साथै समाजवाद उन्मुख अर्थतन्त्र बनाउने प्रण गरिएको छ । प्रदेशमा लगानीमैत्री वातावरण बनाउने, एक पालिका एक घरेलु उद्योगको नीति अघि बढाइने, प्रदेशभित्र सञ्चालन गर्न सकिने ठूला आयोजनाको डिपीआर बनाई कार्यान्वयन गरिने, एकीकृत वस्ति विकास कार्यक्रम लागू गरिने लगायतका नीति प्रदेश सरकारले अघि सारेको छ ।


प्रदेश प्रमुख खनाललाई प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायत मन्त्री, सांसदले प्रदेश भवनमा स्वागत गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?