भीरबाट लडेर  पूर्व गाविस उपाध्यक्षको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–५ ऐरारीका ५० बर्षीय घनबहादुर सिंहको भीरबाट लडेर मृत्यु भएको छ । साविकको लहँ गाविस पूर्व उपाध्यक्ष समेत रहेका सिंहको घर नजिकै रहेको घुरेखोली भीरबाट लडेर मृत्यु भएको हो । 

भीरबाट लडेर  पूर्व गाविस उपाध्यक्षको मृत्यु

मृतक सिंह गत १९ गते सोही वडाको पोख्रागाँउमा खानेपानीको टंकी बनाउने कार्यका लागि घरबाट निस्केका थिए । ५ दिन सम्म घर नफर्केपछि परिवारजनले खोजी गर्दा आइतबार उक्त भीरको ६० मीटर तल उनको शव फेला परेको स्थानीय बद्री पन्तले बताए ।


मृतक सिंह गत २० गत नै पोख्रागाउमा खानेपानीको टंकी बनाउने कार्य पुरा गरेर घर फर्कने क्रममा भीरबाट खसेर मृत्यु भएको अनुमान गरिएको पन्तले बताए ।


प्रकाशित : वैशाख २५, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?