१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निरन्तर खोजमा लाग्न पत्रकारलाई प्रदेश प्रमुखको आग्रह

प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले प्रेस जगतलाई निरन्तर खोजमा लाग्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको नवनिर्वाचित कर्णाली प्रदेश समितिलाई बुधबार वीरेन्द्रनगरमा प्रमाणपत्र वितरण गर्दै उनले खोज पत्रकारिताकै माध्यमले समाजमा व्याप्त विकृति–विसंगति अन्त्य गर्न सकिने दाबी गरे ।

निरन्तर खोजमा लाग्न पत्रकारलाई प्रदेश प्रमुखको आग्रह

उनले प्रेस जगतले आफूलाई निरन्तर खोज रिर्पोटिङमा केन्द्रित गर्नुपर्ने सुझाव दिए ।


प्रदेश प्रमुख खनालले प्रेसकै भूमिकाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । ‘हरेक परिवर्तनमा नेपाली प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ,’ उनले भने, ‘अब विकास र समृद्धिको सवालमा पनि नेपाली मिडियाले अगुवाई गर्नुपर्छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महासंघले आफ्ना संरचनालाई संघीयता अनुकूल रुपान्तरण गर्दै आएको बताए । पत्रकार महासंघ सुर्खेत जिल्ला शाखाका पूर्वअध्यक्ष पीताम्बर ढकालले कुनै पक्षधरता नलिई उच्च व्यवसायिकता निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकार महासंघ कर्णाली प्रदेश निर्वाचन समिति संयोजक कमलेश डिसीले पिछडिएको उपमा पाएको कर्णालीलाई विकासको यात्रामा डोर्‍याउने काम पत्रकारहरुकै भएको बताए । जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीले प्रदेश समितिसँग सहकार्य गरेर पत्रकारिता क्षेत्रको विकासमा अघि बढ्ने धारणा व्यक्त गरे ।


चैत्र १२ गते सुर्खेतका पत्रकार दुर्गा थापाको अध्यक्षतामा २१ सदस्यीय कर्णाली प्रदेश समिति गठन भएको थियो । प्रमाणपत्र बुझेपछि अध्यक्ष थापाले सूचनाको हक कार्यान्वयन, सुशासन प्रर्वद्धन र पत्रकार हकहितमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाए ।


समितिको उपाध्यक्ष कमल पन्त, डम्मरकुमारी आचार्य (समावेशी), महासचिव दीपेन्द्र शर्मा, सचिव पवित्र शाही, गणेश श्रीपाइली (समावेशी), कोषाध्यक्ष सुरेन्द्र खत्री छन् । त्यस्तै, सदस्यहरुमा गोविन्द केसी, कृष्णराज धमला, कृष्ण आचार्य, अशोक सिंह, नवीनकुमार पौडेल, विष्णुप्रसाद न्यौपाने, गोपाल रेग्मी, मन्दिर सिंह, सन्तोष घर्ती, श्रीप्रसाद चौधरी, गणेश विक, कृष्णमाया उपाध्याय, छसाल लामा र दानकुमारी शाही छन् ।

प्रकाशित : वैशाख २६, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?