१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने पक्राउ

रासस

त्रिपुराकोट, डोल्पा — प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने पक्राउ

उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ ।


नेपाल बन्द आह्वानको सिलसिलामा गत वैशाख ३० मा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिकाको–९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर भगाएपछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।


पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा, चन्दा रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरिएको छ । घटनामा संलग्न छ जनामध्ये दुई जना पक्राउ गर्न सफल भए पनि तीन जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?