२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दुनैमा मदिरामा कडाइ

डोल्पा — सदरमुकाम दुनै बजारमा मदिरा बिक्रि र सेवनमा कडाइ गरिएको छ । खुला रूपमा मदिरा बिक्री–वितरण र सेवन बढेपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले कडाइ थालेको हो ।

दुनैमा मदिरामा कडाइ

स्थानीय प्रशासनले सूचना प्रकाशन गरी खुला रूपमा मदिरा बिक्री र सेवनमा रोक लगाएको जनाएको छ । मदिरा सेवनका कारण आपराधिक घटना बढ्दै गएको प्रशासनले जनाएको छ ।

मदिरा नियन्त्रणका लागि अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरी सरोकारवालासँग सुझाव संकलन गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले प्राप्त सुझावका अधारमा नियन्त्रण अभियानलाई प्रभावकारी बनाइने जनाए । ‘मदिराको प्रयोग व्यापक रूपमा बढ्दै गएपछि नियन्त्रणका लागि अभियान सुरु गरिएको छ,’ उनले भने, ‘सूचनाको बेवास्ता गरिए नियमअनुसार कारबाही हुनेछ ।’

प्रकाशित : जेष्ठ ३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?