२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विद्युत बिग्रिदाँ कामकाज प्रभावित

राजबहादुर शाही

मुगु — गमगाढ साना जलबिद्युत आयोजनाको विद्युत मेसिन बिग्रिदाँ तीनदिन देखि सदरमुकाम गमगढीमा सेवा अवरुद्ध भएकाे छ ।

विद्युत बिग्रिदाँ कामकाज प्रभावित

पावरहाउसको मोटर मेसिन तातेर बत्ती बन्द हुने समस्याले तीनदिन देखि विद्युत अवरुद्ध हुँदा सदरमुकाम अन्धकार भएकाे छ ।


विजुली नहुँदा सरकारी कार्यालय र बैंकिङ क्षेत्रको काम प्रभावित बनेको छ । ब्याट्री चार्जको समस्याले मोवाइल सेवा अबरुद्ध भएका छन् ।


मोटर खरावीले गर्दा विद्युत बन्द भएको र मर्मतको लागि काठमाडौंबाट इन्जिनियर बोलाएको आयोजना कार्यालयले जनाएको छ ।


विद्युत अबरुद्ध हुदाँ तीन वटा सामुदायिक रेडियोको प्रसारण सेवा बन्द भएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?