कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जका कर्मचारी कुटिए 

डोल्पा(दुनै) — शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका २ जना कर्मचारी र होटलवाला एक वृद्ध कुटिएका छन् । जगदुल्ला गाउँपालिकाको नाउलीमा यार्सागुम्बा संकलन गर्न पाटन जानेहरुलाई संकलन पूर्जी जारी गर्नका लागि बसेका निकुञ्जका गेमस्काउट शर्मिला हमाल, जयन्ती न्यौपाने र त्यहींका होटेल सञ्चालक कृतसिहं महतारामाथि एक समूहले कुटपिट गरेका प्रहरीले जनाएको छ ।

निकुञ्जका कर्मचारी कुटिए 

मंगलबार अपराह्न ४ बजेतिर मादक पदार्थ सेवन गरी आएका १० जनाको समूहले हिर्काएको चिर्पटले वृद्ध महताराको बायाँ आँखामा चोट लागेको छ ।


निकुञ्ज कर्मचारी न्यौपानेको दायाँ हातमा चोट लागेको छ । पीडित कर्मचारीले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिएको बताए । कुटपिटमा संलग्नमध्ये २ जना जुम्ला गोडीचौर गाउँपालिका-३ गर्ज्याङकोटका २० वर्षीय कुमसिहं कामी र ३० वर्षीय मनोज विक पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले घटनामा संलग्नमध्ये ४ जनालाई जुम्ला प्रहरीले चुत्र भन्ने ठाउँबाट पक्राउ गरी थुनामा राखेर कारबाही थालेको बताए । अन्य २ जनाको खोजी भइरहेको छ ।


निकुञ्जको नाउली पोष्टमा सुरक्षाको खतरा बढेको भन्दै कर्मचारीलाई हेडक्वार्टर सुलिगाड बोलाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए ।


निकुञ्ज क्षेत्रभित्र पर्ने पाटनहरु जगदुल्ला, माझबुन, कागमारा, कुनासा, फुलवारीलगायतका पाटनहरुमा मात्र गत मंगलबार जेठ १ गते यार्सागुम्बा टिप्नका लागि खुला गरिएको थियो ।


निकुञ्ज भित्रका र बाहिरका गरेर डोल्पाका ठांगे, सिसोल, ग्याल्वारा, माटे, चाहारा, साइकुवारीलगायत धेरै पाटनमा आगामी बिहीबारबाट मात्र यार्सागुम्बा टिप्न खुला गरिने भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?