कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा होजियारी तालिम

हुम्ला — सामुदायिक विकास कार्यक्रमले युवाका लागि एक महिने सीपमूलक तालिम सञ्चालन गरेको छ । युवालाई गाउँमै स्वरोजगार बनाउन होजियारी र तिब्बतीयन आर्ट तथा काठ पेन्टिङ तालिम सञ्चालन गरिएको हो ।

हुम्लामा होजियारी तालिम

आर्ट तालिम जिल्लामा पहिलोपल्ट संचालन गरिएको छ । बजार राम्रो रहेकाले युवाले गाउँमै राम्रो आम्दानी गर्ने तालिमका सहभागी भुवन रोकायाले बताए । जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।

होजियारी तालिममा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली र अदानचुली गाउँपालिकाका २० जना महिला सहभागी थिए । त्यस्तै तिब्बतीयन आर्ट तथा काठ पेन्टिङ तालिममा नाम्खा र सिमकोट गाउँपालिकाका ११ युवा सहभागी भए । १५ जना युवालाई एक महिने प्लाम्बिङ तालिमसमेत दिइएको कार्यक्रमका संयोजक राजबहादुर रोकायाले बताए ।


उनका अनुसार एक सय ३२ जनालाई बेमौसमी तरकारी, ग्याबिन बुनाइ, फर्निचर, अल्लो कपडा बुनाइ, कपाल काट्ने, हाउस वाइरिङलगायत सीपमूलक तालिम सम्पन्न भइसकेका छन् । तालिम पाएपछि युवाको आयआर्जनमा टेवा पुगेको उनले जनाए । उनका अनुसार अधिकांश युवा रोजगारीमा लागिसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?