२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तोकिएको समयअगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

दैलेख — निर्धारित समय अगावै काम सकाएको भन्दै एक निर्माण कम्पनीलाई पुरस्कृत गरिएको छ । 
कट्टीखोला मोटरेबल पुल निर्माण गरिसक्नुपर्ने समयभन्दा दुई महिनाअघि सकाएको र गुणस्तरीय काम गरेको भन्दै सपना निर्माण सेवा (हेटौंडा) लाई बोनससहित पुरस्कृत गरिएको हो ।

तोकिएको समयअगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

जिल्ला प्राविधिक कार्यालयले बोनसबापत ५ लाख ५ सय ३७ रुपैयाँ पुरस्कार सपना निर्माण सेवाका दैलेख प्रतिनिधि रुपक थापालाई प्रदान गरेको छ । थापाले स्थानीयस्तरमा काम गर्ने वातावरण भएमा समयमै निर्माण सकिने बताए ।


उक्त पुल ३ करोड ४३ लाख २५ हजार २ सय ५३ रुपैयाँको कूल लागतमा निर्माण गरिएको हो ।


कट्टीखोलाको पुल निर्माण सकिए पनि जिल्लाका राकम कर्णालीअन्तर्गतका १० वटा पुल भने अलपत्र अवस्थामा छन् । इमान्दार निर्माण व्यवसायी पहिचान नगरी ठेक्का दिँदा काम अलपत्र परेका स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?