१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
कर्णाली

Pradesh-6

विकासको ‘डोजर’मा अवरोध

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबहाली गर्नुअघि नै संसदमा भनेका थिए– ‘अब हामीले विकासको डोजर चलाउनुपर्छ ।’ फागुन ३ गते मुख्यमन्त्रीको कुर्सीमा बसेपछि उनको हातमा डोजरको स्टेरिङ पुग्यो ।

विकासको ‘डोजर’मा अवरोध

गाउँमा पुगेन ‘सिंहदरबार’

यहाँका सातवटै गाउँपालिकामा कर्मचारी अभावका कारण स्थानीयले अझै विकासको अनुभुति गर्न सकेका छैनन् । कर्मचारी अभावले अधिकांश स्थानमा पूर्वाधार निर्माणका कामले गति लिन सकेको छैन ।

गाउँमा पुगेन ‘सिंहदरबार’

जीर्ण काठे पुलले जोखिम

बर्षौअघि बनाएको काठेपुल जीर्ण बनेपछि कपुरकोट गाउँपालिकाको रिमस्थित घुरखोला वारपार गर्न स्थानीयलाई सास्ती भएको छ । जीर्ण काठेपुलले सबैभन्दा बढी सिस्नेरी गाउँका बासिन्दालाई समस्या भएको छ ।

जीर्ण काठे पुलले जोखिम
जेष्ठ १३, २०७५

तोकिएको समयअगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

निर्धारित समय अगावै काम सकाएको भन्दै एक निर्माण कम्पनीलाई पुरस्कृत गरिएको छ । कट्टीखोला मोटरेबल पुल निर्माण गरिसक्नुपर्ने समयभन्दा दुई महिनाअघि सकाएको र गुणस्तरीय काम गरेको भन्दै सपना निर्माण सेवा (हेटौंडा) लाई बोनससहित पुरस्कृत गरिएको हो ।

तोकिएको समयअगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

सहज बन्दै उपचार

शारदा नगरपालिका–११, पेदीखोलामा इकाई स्वास्थ्यचौकी स्थापना गरिएको छ । नगरपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि शारदा नगरपालिकाका दुई वडा, त्रिवेणी गाउँपालिकाको अरिंगालेपेदी र कालीमाटी गाउँपालिकाको सातलखोलाका स्थानीयवासीलाई उपचारमा सजिलो भएको छ ।

सहज बन्दै उपचार
जेष्ठ १२, २०७५

प्राथमिकतामा कानुन निर्माण

कर्णाली प्रदेशको दोस्रो संसद अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । यो अधिवेशनमा आर्थिक वर्ष २०७५/७६ को बजेट र महत्वपूर्ण विधेयक प्रस्तुत हुनेछन् । शुक्रबारको पहिलो बैठकमा समेत चारवटा विधेयक प्रस्तुत भए । बैठकमा बोल्ने सांसदले समेत यो अधिवेशनले कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्राथमिकतामा कानुन निर्माण

जुनीचाँदेमा केन्द्र विवादले बखेडा

जुनीचाँदे गाउँपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगाउन सकेको छैन । जनप्रतिनिधिबीच लामो समयदेखि विवाद भएपछि केन्द्र तोक्न समस्या भएको हो ।

जुनीचाँदेमा केन्द्र विवादले बखेडा

विद्यालय भवन अलपत्र

ठेकेदारको लापरवाहीका कारण गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । १२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठनपाठनमा समस्या भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरि भवन निर्माण सुरु गरिएको थियो ।

विद्यालय भवन अलपत्र

प्राविमा झर्‍यो मावि

शारदा नगरपालिका–११, पेदिखोलास्थित जनसेवा माध्यमिक विद्यालय प्राथमिक तहमा झरेको छ । विद्यालयमा चार वर्षसम्म माध्यमिक तह सञ्चालन भएको थियो । निजी स्रोतमा भर्ना गरेका ९ शिक्षकले तलब नपाएका जागिर छोडेपछि पठनपाठन प्रभावित भएको हो ।

प्राविमा झर्‍यो मावि

हुम्लामा होजियारी तालिम

सामुदायिक विकास कार्यक्रमले युवाका लागि एक महिने सीपमूलक तालिम सञ्चालन गरेको छ । युवालाई गाउँमै स्वरोजगार बनाउन होजियारी र तिब्बतीयन आर्ट तथा काठ पेन्टिङ तालिम सञ्चालन गरिएको हो ।

हुम्लामा होजियारी तालिम