पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च

सुर्खेत — सरकारले वैशाख १ गते रारामा उद्घाटन भएको कर्णाली–रारा पर्यटन वर्षको हिसाबकिताब संसद्लाई जानकारी गराएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विभिन्न शीर्षकमा गरी ६३ लाख ८१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको जनाए ।

पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च

तीमध्ये नेपाल पर्यटन बोर्डको १४ लाख ४० हजार र प्रदेश सरकारको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको छ ।

मन्त्री ज्वालाले दिएको जानकारीअनुसार खाना तथा खाजा खर्च १७ लाख ४६ हजार १ सय २० रुपैयाँ, अतिथि खर्च ५ लाख ५४ हजार ३ सय ७१ रुपैयाँ, पत्रकारको बाटोमा खाना खर्च ६४ हजार ९ सय ७० रुपैयाँ रहेको छ ।

त्यस्तै, टेलिभिजन जिंगल खर्च चार लाख १२ हजार ६ सय ८४ रुपैयाँ, एफएम रेडियोमा खर्च दुई लाख ५८ हजार तीन सय ३८ रुपैयाँ, हवाई भाडाबापत १० लाख २९ हजार तीन सय ६ रुपैयाँ, स्थल यातायातबापत ७६ हजार, मञ्च व्यवस्थापन, ब्यानर, गेट निर्माण, सांस्कृतिक कार्यक्रम र पत्रकारलाई स्थलगत खर्चबापत ११ लाख ५० हजार दुई सय रुपैयाँ, आवास खर्चबापत चार लाख ६२ हजार चार सय ६८, व्यवस्थापनबापत मुगु जिल्ला समन्वय समितिलाई दुई लाख खर्च भएको उल्लेख छ ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?