नीति तथा कार्यक्रम : एक घर एक रोजगारी

सुर्खेत — कर्णाली प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशसभामा १ सय ७५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति तथा कार्यक्रम : एक घर एक रोजगारी

सरकारले पाँच वर्षभित्र कर्णालीका जनताको प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने लक्ष्य तय गरेको छ । ‘एक घर, एक रोजगारी कार्यक्रम’ कार्यक्रममार्फत सय दिनको रोजगारी दिने सरकारी योजना छ । ‘दिगो विकास लक्ष्य तथा समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न यातायात, विद्युतीकरण, सूचना–प्रविधि, पर्यटन र व्यापारको ‘पञ्चतत्त्व’ बाट कर्णाली प्रदेशको आधुनिकीकरण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘१० वर्षभित्र देशकै सबैभन्दा समृद्ध प्रदेशमा पुर्‍याउने लक्ष्यका साथ आम कर्णालीवासीको बीचमा साझा संकल्पका साथ अगाडि बढिनेछ ।’

सरकारले कर्णाली प्रदेशमा राष्ट्रकै नमुना प्रांगारिक तथा आधुनिक कृषि प्रणाली स्थापना गर्ने घोषणा गरेको छ । ‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ भन्ने मूलमन्त्रका साथ कर्णालीको स्रोत साधनलाई पहिचान तथा परिचालन गरी समृद्ध कर्णालीको परिकल्पनालाई साकार पार्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा पूर्वाधार, स्वास्थ्य–शिक्षा, सुरक्षा, वन, कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रमा आकर्षक कार्यक्रम राखिएका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?