कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटो रिक्सा दुर्घटनामा तीनको मृत्यु

रासस

सुर्खेत — पञ्चपुरी नगरपालिकामा आइतबार अपराह्न अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अटो रिक्सा दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया विनिता शाही र उनकी आठ महिनाकी छोरी प्रतीक्षा तथा सोही वडाकै अटो रिक्सा चालक २६ वर्षीय अशोक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।


दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?