२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँमा अझै पुगेनन् पुस्तक

शिक्षक र विद्यार्थी दुई दिन हिडेर गमगढी गए पनि पुस्तक पाएनन्
राजबहादुर शाही

मुगु — यहाँका ग्रामीण क्षेत्रमा पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या भएको छ । सोरु गाउापालिकाको जनज्योति मावि थर्पु, जगतमाला माध्यमिक विद्यालय धैनकोट, बिजयी मावि कालै र भवानी माविमा अझैसम्म पाठ्यपुस्तक पुग्न नसकेको हो ।

गाउँमा अझै पुगेनन् पुस्तक

शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दासमेत नयाँ पाठ्यपुस्तक नपुगेपछि विद्यार्थी पुरानै पुस्तक पढ्न बाध्य छन् । बिजयी माविमा अध्ययनरत कक्षा ४ का १६ विद्यार्थीले नयाँ पुस्तक पाउन सकेका छैनन् । कक्षा १ मा ७, कक्षा २ मा ११ जना विद्यार्थी पुस्तकविहीन छन् । कक्षा ७ मा अध्ययनरत विद्यार्थीले बिज्ञान र कक्षा १० का विद्यार्थीले अर्थशास्त्रको पुस्तक पाउन सकेका छैनन् ।

पुस्तक नपाएपछि च्यातिएका पुराना किताव संगालेर अध्ययन गरिरहेको कक्षा ४ मा अध्ययरत धनदेबी जैसीले बताइन् । कुनै कक्षामा पुरै र कुनैमा आंशिक पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको शिक्षक बीरबहादुर बमले बताए ।

जनज्योति मावि नार्थपुमा कक्षा ७ को अग्रेजी र कक्षा ६ को नेपाली बिषयको पुस्तक पुग्न सकेको छैन । पुस्तक लिन शिक्षक र विद्यार्थी दुई दिन हिडेर गमगढी गए पनि पुस्तक नपाइएको विद्यालयले जनाएको छ । विषयगत पुस्तक अभावले बिद्यार्थीको पढाईमा समस्या भएको प्रधानाध्यापक अंगबहादुर शाहीले बताए । जगतमाला मावि धैनकोटमा कक्षा ९ र १० का विद्यार्थीले जनसंख्या को पुस्तक पाउन सकेका छैनन् ।

गतवर्षका विद्यार्थीले प्रयोग गरेको च्यातिएको पुस्तक पढ्न विद्यार्थी बाध्य छन् । त्यस्तै खत्याड गाउापालिकाको महादेव मष्टा मावि रातापानीमा कक्षा ९ र १० को लेखा विषयको पुस्तक अझै पुगेको छैन् । लोकप्रिय मावि गम्थाका विद्यार्थीले कक्षा १ देखि ५ सम्मको कृषि बिषयको पुस्तक पाएका छैनन् । मुगमकार्मारोङ गाउापालिकाको मह, सेरोक र डोल्फुका आधारभूत विद्यालयमा समेत पुस्तक पुगेको छैन् । जिल्लामा पुस्तक ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले सबै विद्यायमा पुस्तक पुर्‍याएको दाबी गर्दै आइरहेको छ । बिक्रेता जयलक्ष्मी भामले केही विद्यालयबाट शिक्षक पुस्तक लिन नआएको उनले जनाए । उनले केन्द्रमै अभाव रहेका कारण केही पुस्तक आफूले पुर्‍याउन नसकेको बताए ।

जिल्लाका सामुदायिक विद्यालयमा कति पुस्तक पुगे भन्नेबारे आफूलाई जानकारी नभएको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुर्य खत्रीले बताए । पुस्तकन लिन नआएका विद्यालयका शिक्षकलाई कारवाही गर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?