१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्णाली सरकार एक वर्ष सर्भे मै केन्द्रित हुन्छः मुख्यमन्त्री शाही

प्रकाश अधिकारी

सुर्खेत — मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले एक वर्ष सम्भाव्यता अध्ययनमै केन्द्रित भएर बजेट निर्माण गर्न लागेको बताएका छन् ।

कर्णाली सरकार एक वर्ष सर्भे मै केन्द्रित हुन्छः मुख्यमन्त्री शाही

‘सम्भाव्यता अध्ययन गर्दै बृहत गुरुयोजना निर्माण गरिसकेपछि मात्र सरकारले विकास आयोजना सञ्चालन गर्छ,' सोमबार वीरेन्द्रनगरमा आयोजित नियमित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले भने, ‘अबको एक वर्ष सडक, जलविद्युत, कृषि, पर्यटन, जडीबुटी लगायत क्षेत्रको एकिकृत गुरुयोजना निर्माण गरिनेछ ।’


उनले कर्णालीलाई अहिलेसम्म अथाह सम्भावनाको खानी भनिएपनि सम्भावनाको उपयोग गर्नेबारे कुनै अध्ययन नभएको बताए । वास्तविक अध्ययन गरेरै प्रदेश सरकारले बजेट लगानी गर्ने उनको भनाई थियो ।


मुख्यमन्त्री शाहीले सरकारले आगामी वर्षको बजेट निर्माण गरिरहेको जनाए । उनले अबको बजेट वितरणभन्दा पनि उत्पादनमुखी बजेट नआउने बताए । ‘सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले उत्पादनमुखी बजेट ल्याउन प्रेरित गरेको छ,’ उनले भने, ‘सुरुका एक वर्ष प्लानिङ गर्छौं, अध्ययनकै वर्षका रुपमा काम गर्छौं ।’


प्रदेश सरकार विभिन्न समस्यासँग जुध्दै आइरहेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारले अधिकार दिन मानेको छैन् । हातखुट्टा बाँधिएको अवस्थामा छौं ।’ प्रदेश सरकारले स्रोत साधन, संरचना नभएपनि कर्णालीको विकासका लागि आफूहरुले जबरजस्ती काम गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ २८, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?