कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुवा खालबाटै पक्राउ परे जनप्रतिनिधि

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित टेकबहादुर विक जुवा खालबाट पक्राउ परेका छन् । 

जुवा खालबाटै पक्राउ परे जनप्रतिनिधि

मुसीकोट नगरपालिका–५ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले विकसहित अन्य जुवाडेलाई पक्राउ गरेको हो । मंगलबार राती ११ बजे प्रहरीले छापामारी विकसहित गोविन्द बुढा, मित्रलाल केसी, माधवप्रसाद शर्मा रामबहादुर गिरी लगायतलाई पक्राउ गरेको हो ।


प्रहरीले जुवा खालबाट एक लाख ८१ हजार नगद समेत बरामद गरेको छ । प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।


उनीहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?