घुससहित सहायक वन अधिकृत पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृतसहित २ जनलाई जनालाई अख्तियारले घुससहित पक्राउ गरेको छ । 

घुससहित सहायक वन अधिकृत पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार दिउँसो जिल्ला वन कार्यालयमै सेवाग्राहीबाट घुस लिइसकेपछि सहायक जिल्ला वन अधिकृत रोहितकुमार साह र ग्रामिण वित्त सहायक सन्दिप अधिकारीलाई पक्राउ गरेको हो ।


कवुलियती वनको सहजिकरण गर्न भन्दै वन समूहका पदाधिकारीबाट २३ हजार घुस लिइसकेपछि दुवै जनालाई सहायक वन अधिकृत साहको कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।


उनीहरु उपर थप अनुसन्धान भैरहेको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?