१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुर्खेतमा प्रधानमन्त्रीको पुतला जलाइयो

विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २ घाइते, १ गिरफ्तार

सुर्खेत — पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बिसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई गिरफ्तार गरेको छ ।

सुर्खेतमा प्रधानमन्त्रीको पुतला जलाइयो

प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गर्ने क्रममा साँझ करिब ५ बजे वीरेन्द्रचोकमा भेला भएका विद्यार्थीमाथि प्रहरीले सुरुमै अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यसपछि प्रदर्शन गर्दै हटियालाइनस्थित पार्टी कार्यालय पुगेका विद्यार्थीलाई प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेतृत्वको टोलीले भवनभित्रै पसेर पक्राउ गर्न खोजेको थियो । पार्टी सभापति कमलराज रेग्मी, नेता विष्णुबहादुर खड्कासहितको टोली प्रतिकारमा उत्रेपछि प्रहरी पार्टी कार्यालय परिसरबाट बाहिरिएको थियो ।


नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इकाई अध्यक्ष यज्ञबहादुर राम्जालीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको विद्यार्थीमाथि सरकारले तानाशाही शैलीमा दमन गर्न खोजेको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?