२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

गमगढीमा विद्युत अवरुद्ध हुँदा सास्ती

राजबहादुर शाही

मुगु — मुगुस्थित गमगाढ साना जलविद्युत आयोजना अवरुद्ध हुँदा दुई दिन देखि गमगढी बजार र आसपासका गाँउ अन्धकारमय भएका छन् ।

गमगढीमा विद्युत अवरुद्ध हुँदा सास्ती

शनिबार मध्यान्हबाट विद्युत गृहको पेनस्टक पाइप फुटेको र नहरको टयाङ्गकीमा बालुवा जमेपछि विद्युत सेवा अवरुद्ध भएको गमगाढ साना जलविद्युत् आयोजनाले जनाएको छ ।


विद्युत सेवा अवरुद्ध हुँदा सरकारी र गैरसरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । स्थानीयलाई मोवाइल चार्ज गर्न समेत कठिनाइ भएको छ ।


विद्युत नहुादा रारा, मुगु र सौर्यदय सामुदायिक रेडियोको प्रशारण बन्द भएको छ । विश्वकप खेलकुद हेर्न नपाएको भएको युवाहरुको गुनासो छ । करिब ४ सय किलोवाटको उक्त आयोजना पटक पटक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुँदै आएको छ ।

प्रकाशित : असार ३, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?