गमगढीमा विद्युत अवरुद्ध हुँदा सास्ती
मुगु — मुगुस्थित गमगाढ साना जलविद्युत आयोजना अवरुद्ध हुँदा दुई दिन देखि गमगढी बजार र आसपासका गाँउ अन्धकारमय भएका छन् ।
शनिबार मध्यान्हबाट विद्युत गृहको पेनस्टक पाइप फुटेको र नहरको टयाङ्गकीमा बालुवा जमेपछि विद्युत सेवा अवरुद्ध भएको गमगाढ साना जलविद्युत् आयोजनाले जनाएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा सरकारी र गैरसरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । स्थानीयलाई मोवाइल चार्ज गर्न समेत कठिनाइ भएको छ ।
विद्युत नहुादा रारा, मुगु र सौर्यदय सामुदायिक रेडियोको प्रशारण बन्द भएको छ । विश्वकप खेलकुद हेर्न नपाएको भएको युवाहरुको गुनासो छ । करिब ४ सय किलोवाटको उक्त आयोजना पटक पटक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुँदै आएको छ ।
प्रकाशित : असार ३, २०७५ १२:४७प्रतिक्रिया