२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एकै फर्मका ६ सय कुखुरा मरे

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–७, साँखको एउटै कुखुरा फर्मका ६ सय कुखुरा मरेका छन् । पाण्डे कुखुरा फर्ममा रहेका ६ सय कुखुरा २४ घण्टाको अवधिमा मरेका हुन् ।

एकै फर्मका ६ सय कुखुरा मरे

शुक्रबारदेखि शनिबार साँझसम्म फर्ममा रहेका सबै कुखुरा मरेको फर्म सञ्चालक शोभाकर पाण्डेले बताए । उनका अनुसार हरियो दिसा गर्ने, झोक्राउने, काँप्ने, छट्पटाउने र त्यसपछि कुखुरा मर्ने गरेका छन् । मरेपछि सबै कुखुराको रंग निलो भएको सञ्चालक पाण्डेले बताए । फर्ममा रहेका सबै कुखुरा मरेपछि सात लाख बराबरको नोक्सान भएको पाण्डेले बताए ।


कुखुरामा बर्डफ्लु भएको हुन सक्ने आशंका गरिएको छ । तर, जिल्ला पशु सेवा कार्यालयको टोलीले भने कुखुरामा रानिखेत रोग लागेको हुनसक्ने अनुमान लगाएको छ । रानिखेत रोगबाट छोटो समयमा धेरै कुखुरा मर्ने सम्भावना कम हुने पनि कार्यालको भनाइ छ ।


केही दिनअघि कुखुरा लिन भन्दै कैलालीबाट व्यापारीहरु उक्त फर्ममा आएका थिए । व्यापारीहरुले आफैंले ल्याएको तराजु प्रयोग गरेर कुखुराको तौल लिएको र त्यसैबाट रोग सरेको आशंका गरिएको छ ।

प्रकाशित : असार ३, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?