१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

योजना निर्माण गर्दै स्थानीय तह

डोल्पा — यहाँका आठवटै स्थानीय तहमा धमाधम योजना निर्माणको काम भएको छ । स्थानीय तहमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमाको काम भएको हो ।

योजना निर्माण गर्दै स्थानीय तह

कतिपय स्थानीय तहमा बस्ती, वडा र गाउँस्तरमा योजना छनोट भएर आइसकेका छन् । गाउँपालिकाका विषयगत समितिमा योजनाको छलफल भइरहेको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले बताए । उनका अनुसार एकीकृत योजना तर्जुमा तथा बजेट निर्माण छलफलको तयारी भइरहेको छ ।

स्थानीय तहले असार १० देखि १५ गतेभित्र नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी भइरहेको जनाएका छन् । योजना तर्जुमा तथा बजेट तयारीमा जनप्रतिनिधिको व्यस्तता बढेको जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले बताए ।

प्रकाशित : असार ७, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?