कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाइको हत्या गरी प्रहरीमा आत्मसमर्पण

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–१२ ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनले सहोदर भाइको हत्या गरेका छन् । बुधबार राती बाँफिकोट गाउँपालिका–६ स्थित मामाघरमा बसेका भाइ ३४ वर्षीय इन्द्रे पुनको हत्या गरेर रुद्रे आफै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । 

भाइको हत्या गरी प्रहरीमा आत्मसमर्पण

अंशवण्डाको विषयमा विवाद बढ्दै जाँदा चिर्पटले हान्दा भाइको ज्यान गएको भन्दै रुद्रे आफै जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनीहरु दुवै दाजुभाई अदालतमा परेको मुद्दाको छलफलका लागि जिल्ला सदरमुकाम आएका थिए ।


दाजुभाइको विवाद घरमै मिलाउने भनेर बुधबार नै उनीहरु घर हिडेका र राती मग्मास्थित मामाघरमा बसेको प्रहरीले जनाएको छ । बिहीबार बिहानै रुद्रे भाइको ज्यान गएको भनेर जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनीबिरुद्ध कर्तव्यज्यान अन्तर्गत मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित : असार ७, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?