कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपद्सँग जुध्न पूर्वतयारी

कालिकोट — विपद्को उच्च जोखिममा रहेको कालिकोटमा विपद्सँग जुध्न पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भएको छ । भूकम्प, पहिरो, बाढी, महामारी, खडेरी, आगलागीजस्ता मुख्य विपद् पहिचान भएको कालिकोटमा ढुंगा खस्ने र चट्याङको समस्यालाई पनि विपद्मा राखिएको छ ।

विपद्सँग जुध्न पूर्वतयारी

खोज तथा उद्धार, आपतकालीन बास, शिक्षा, स्वास्थ्य, संरक्षण, सञ्चारजस्ता विभिन्न सातवटा क्लस्टरले बनाएर योजना निर्माण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं निमित्त प्रजिअ राजकुमार दुलालले सबै क्षेत्र समेटेर योजना बनाइएको बताए ।

उनका अनुसार कठिन भूगोल भएको कालिकोटमा विपद्को सामना गर्न जिल्लाले मात्र सक्ने अवस्था छैन । जिल्ला भूूकम्पको उच्च जोखिममा छ । भूकम्प आए यहाँका ९० प्रतिशत घर भत्किने खतरा भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर चक्रबहादुर शाहीले बताए । एक महिनाअघि समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा निर्माण गर्न उपसमिति गठन गरेको थियो ।

प्रकाशित : असार ९, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?