कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बढ्दै महिला हिंसा

सल्यान — जिल्लामा ६ महिनाको अवधिमा भएका मानवअधिकार हननका घटनामध्ये ८० प्रतिशत बढी महिला हिंसाका छन् । इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा २० वटा घटनामध्ये १६ वटा घटना महिला हिंसासँग सम्बन्धित छन् ।

बढ्दै महिला हिंसा

इन्सेकका अनुसार सातवटा घटना बलात्कार र चार बहुविवाहका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा मानवअधिकार हननका घटना न्यूनीकरणका लागि सबैको सहयोग जरुरी रहेको बताए । पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन सके मानवअधिकार उल्लंघनका घटना नियन्त्रण हुने उनको भनाइ छ ।

शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले स्थानीय तहको न्यायसम्पादन निष्पक्ष ढंगबाट गर्दै आएको बताइन् । ‘मानवअधिकारको सम्मान गर्दै न्यायसम्पादन गर्न सदैव सजग छौं,’ उनले भनिन् । जिल्ला अदालतका स्रेस्तेदार गणेशकुमार गौतमले समाजमा न्यायसम्पादन सहज ढंगले हुन नसक्दा वास्तविक पीडितले न्याय पाउन नसक्ने सम्भावना हुने बताए ।

कार्यक्रमका सहभागीले जघन्य अपराधलाई पनि मेलमिलापमार्फत टुंग्याउने र घटना बाहिर आउन नदिने प्रचलन बढेको बताए ।

प्रकाशित : असार ९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?