२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आधा दर्जन बुद्ध मूर्ति चोरी

डोल्पा(दुनै) — नेपालकै गहिरो फोक्सुण्डो तालको किनार रिग्म गाउँको बीचमा रहेको शाङ्खे लामाको गुम्बाबाट आधा दर्जन बुद्ध मूर्ति चोरी भएका छन् । गाउँले र गुम्बाका शाङ्खे लामाका परिवार पनि यार्चाकुन्भु टिप्न पाटन गएको मौका छोपी सयौं वर्ष पुराना ७ वटा बुद्ध मूर्तिहरु चोरी भएको स्थानीय आङबहादुर लामाले बताए । 

आधा दर्जन बुद्ध मूर्ति चोरी

चोरी भएकामध्ये एउटा साढे १ फुट अग्लो र अन्य ६ वटा मूर्तिहरु साना कदका भएको जानकारीमा आएको लामाले बताए ।


यार्चाकुन्भु टिप्नबाट फर्केपछि गत बिहीबार मात्र मूर्ति चोरी थाहा पाएको स्थानीय पदमबहादुर बुढाले बताए ।


रिग्म गाउँको शाङ्खे लामाको गुम्बाबाट ऐतिहासिक बुद्ध मुर्तिहरु चोरी भएको कुरा अनौपचारिक रुपमा जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए । उनका अनुसार शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रहरी इकाईहरु नभएकाले जानकारी आउन ढिला भए पनि अनुसन्धान सुरु गरिसकिएको छ ।

प्रकाशित : असार ९, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?