२० जनाको विवरण गृहमा
दैलेख — जिल्ला प्रशासन कार्यालयले तोकिएको समयमा काम नसक्ने दैलेखका २० ठेकेदार कम्पनीको विवरण गृह मन्त्रालय पठाएको छ । सम्झौता भएको मितिमा काम नसक्ने कम्पनीको विस्तृत विवरण गृह मन्त्रालय पठाइएको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार एपेक्स कन्स्ट्रक्सन प्रालि सेवा काठमाडौं, खानी निर्माण सेवा बानेश्वर काठमाडौं, सपना निर्माण सेवा हेटौंडा–२, मकवानपुर, सिभिल निर्माण सेवा दैलेख, निशान एमके जेभी काठमाडौं, हिमाल कन्स्ट्रक्सन दैलेख, सूर्य कन्स्ट्रक्सन प्रालि, सीएम/श्याम एण्ड शंकर नान्जिला एण्ड आकांक्ष जेभी, आशिष कन्स्ट्रक्सन कैलाली, पशुपति/सूर्य जेभी सुर्खेत, तुल्क्षी दुर्गा कन्स्ट्रक्सन प्रालि, चन्द्र एण्ड वसन्त/श्याम एण्ड शंकर जेभी, सिरुता/मजदुर जेभी सुर्खेत, प्राकृतिक केशव शाह जेभी, स्काई बिल्डर्स प्रालि काठमाडौं, सिरुवा कविर सुनकोसी कन्स्ट्रक्सन काठमाडौं, कुमार श्रेष्ठ राजेन्द्र जेबीको विवरण मन्त्रालयमा पठाइएको छ ।
‘हामीले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र जिम्मा पाएको कामको सबै विवरण पठाइसकेका छौं,’ उनले भने, ‘अर्कोतिर समयमै काम गर्नका लागि दबाब पनि दिइरहेका छौं ।’ विवरण पठाइएकोमध्ये दुईवटाले धेरै ढिलासुस्ती गरेको र १८ वटाले म्याद थप गरेर पनि समयमा काम नसकेका उनले बताए ।
प्रकाशित : असार ११, २०७५ १०:२९