ताला लागेकै कोठामा महिलाको शव भेटियो 

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१, सल्लेमा एक महिलाको शव फेला परेको छ ।

ताला लागेकै कोठामा महिलाको शव भेटियो 

घरको आफ्नै कोठामा ४५ वर्षीया आइती बुढाको शव मंगलबार फेला परेको हो । बाहिरबाट ताला लाएको अवस्थामा बुढाको शव भेटिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।


मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन् ।


शव गन्हाउने अवस्थामा भेटिएकाले घटना पुरानो हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


मृतकको बाँया निधारमा गहिरो चोट लागेको छ । घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : असार १२, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?