कर्णाली

Pradesh-6

दुई दर्जन विद्यालय दरबन्दीविहीन

बन्गाडकुपिण्डे नगरपालिकाका दुई दर्जन विद्यालय दरबन्दीविहीन भएपछि पठनपाठनमा समस्या छ । बन्गाड कुपिण्डे नगरपालिकामा ५५ विद्यालय सञ्चालनमा छन् । अधिकांशमा दरबन्दीको अभाव छ । शिक्षक अभावले विद्यालय बन्द गर्नुपर्ने बाध्यता भएको छ ।

दुई दर्जन विद्यालय दरबन्दीविहीन
असार १२, २०७५

पूर्वाधार र सामाजिक विकासमा जोड

कर्णाली प्रदेशका अधिकांश गाउँ तथा नगरसभाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । उनीहरूले आइतबार आयोजित सभामा भौतिक पूर्वाधार र सामाजिक विकासका ‘पपुलर’ कार्यक्रम घोषणा गरे ।

पूर्वाधार र सामाजिक विकासमा जोड

२ अर्ब ३० करोडको बजेट

आगामी आर्थिक वर्षका लागि जाजरकोटका सात स्थानीय तहले २ अर्ब २० करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् । यो बजेट चालु वर्षको भन्दा झन्डै १० करोडले कम हो ।

२ अर्ब ३० करोडको बजेट
असार ११, २०७५

ठेकेदारलाई कारबाही सिफारिस

पूर्वाधार निर्माण अलपत्र पार्ने ठेकेदारको सूची जिल्ला प्रशासन कार्यालयले तयार गरी कारबाहीका लागि क्षेत्रीय प्रशासन कार्यालयमा पठाएको छ । निर्माणकार्य अलपत्र पारेर भागेका १८ जना ठेकेदारको विवरण कारबाहीका लागि पठाइएको हो ।

ठेकेदारलाई कारबाही सिफारिस

२० जनाको विवरण गृहमा

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयमा काम नसक्ने दैलेखका २० ठेकेदार कम्पनीको विवरण गृह मन्त्रालय पठाएको छ । सम्झौता भएको मितिमा काम नसक्ने कम्पनीको विस्तृत विवरण गृह मन्त्रालय पठाइएको हो ।

२० जनाको विवरण गृहमा
असार १०, २०७५

कुलो भत्किँदा धान खेती बन्द

सडक निर्माणको क्रममा सिँचाइ नहर भत्किँदा यहाँको एक ज्युलामा धानखेती लगाउन बन्द भएको छ । उक्त ठाउँमा किसानले पाँच वर्षदेखि मकै लगाउँदै आएका छन् ।

कुलो भत्किँदा धान खेती बन्द

गुम्बाबाट बुद्ध मूर्ति चोरी

शे–फोक्सुण्डो तालको किनारमा अवस्थित रिग्मगाउँको साङ्खे लामाको गुम्बाबाट सातवटा बुद्धमूर्ति चोरी भएका छन् । गाउँका मानिस र साङ्खे लामाका परिवार यार्चा टिप्न पाटन गएको मौका छोपेर चोरले गुम्बाको मूलढोकासहित भित्रका चारवटा ढोकाका मिरो उखेलेर मूर्ति लगेका थिए ।

गुम्बाबाट बुद्ध मूर्ति चोरी
असार ९, २०७५

आधा दर्जन बुद्ध मूर्ति चोरी

नेपालकै गहिरो फोक्सुण्डो तालको किनार रिग्म गाउँको बीचमा रहेको शाङ्खे लामाको गुम्बाबाट आधा दर्जन बुद्ध मूर्ति चोरी भएका छन् । गाउँले र गुम्बाका शाङ्खे लामाका परिवार पनि यार्चाकुन्भु टिप्न पाटन गएको मौका छोपी सयौं वर्ष पुराना ७ वटा बुद्ध मूर्तिहरु चोरी भएको स्थानीय आङबहादुर लामाले बताए । 

आधा दर्जन बुद्ध मूर्ति चोरी

बालविवाहले बिग्रिँदैे घरबार

नलगाड नगरपालिका १, जुरेलीकी एक किशोरीले चार दिनअघि आत्महत्या गरिन् । १५ वर्षीया किशोरीले साताअघि मात्रै सोही ठाउँका २५ वर्षीय विष्णु पुनसँग विवाह गरेकी थिइन् । तर, उनीहरूको सम्बन्ध धेरै दिन टिक्न सकेन ।

बालविवाहले बिग्रिँदैे घरबार

निजी शिक्षकको भरमा विद्यालय

बन्गाड कुपिण्डे नगरपालिकाको जयतपानीस्थित प्रतिभा माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । माध्यमिक र निम्न माध्यमिक तहमा दरबन्दी शून्य रहेको हो । त्यहाँ एक जना शिक्षक मात्रै कार्यरत छन् ।

निजी शिक्षकको भरमा विद्यालय

सानीभेरीमा नगर प्रहरी

सानीभेरी गाउँपालिकाले नगर प्रहरी नियुक्त गरी कामकाज सुरु गरेको छ । जेठ पहिलो साता नियुक्त गरिएका पाँच जना नगर प्रहरीलाई तीन साताको आधारभूत तालिमपछि गाउँपालिकाले कामकाजमा लगाएको हो ।

सानीभेरीमा नगर प्रहरी

बढ्दै महिला हिंसा

जिल्लामा ६ महिनाको अवधिमा भएका मानवअधिकार हननका घटनामध्ये ८० प्रतिशत बढी महिला हिंसाका छन् । इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा २० वटा घटनामध्ये १६ वटा घटना महिला हिंसासँग सम्बन्धित छन् ।

बढ्दै महिला हिंसा

विपद्सँग जुध्न पूर्वतयारी

विपद्को उच्च जोखिममा रहेको कालिकोटमा विपद्सँग जुध्न पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भएको छ । भूकम्प, पहिरो, बाढी, महामारी, खडेरी, आगलागीजस्ता मुख्य विपद् पहिचान भएको कालिकोटमा ढुंगा खस्ने र चट्याङको समस्यालाई पनि विपद्मा राखिएको छ ।

विपद्सँग जुध्न पूर्वतयारी