३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

घरदैलोमै पुगेर मलेरियाका बिरामीलाई औषधि खुवाइँदै

राजबहादुर शाही

मुगु — औलो रोग फैलिएको खत्याड गाउपालिकाको रिघा गाउामाचिकित्सक टोलीहरु प्रत्येक घरदैलोमापुगेर बिरामीलाई औषधि खुवाउन थालेका छन् ।

घरदैलोमै पुगेर मलेरियाका बिरामीलाई औषधि खुवाइँदै
औलो रोग नियन्त्रणको लागि स्वास्थ्य सेवा बिभाग रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौंबाट आएको बिषेशज्ञ टोली र जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको चिकित्सक टोली रिघा गाउामा सम्पूर्ण घरदैलो बस्तीमा पुगेर चेकजााच गर्दै औषधि खुवाउन थालेका छन् ।

बिरामीलाई औषधि खुवाउन घरदैलो कार्यालयम भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलीबहादुर बुढाले बताए । नियमित औषधि सेवनगर्न लगाएपछि बिरामीको संख्या घट्दै गएको उनको भनाई छ ।

महिला स्वास्थ्य स्वयम सेविकअन्य स्वास्थ्यकर्मीलाई घरधुरी सर्बे गर्न लगाएर भोली सबै घरपरिवारलाई झुल वितरण गरिने उहाको भनाई छ । केन्द्र बाट आएको बिषेशज्ञ टोलीले लामखुट्टे छोपेर अनुसन्धान गर्ने काम भइरहेको चिकित्सकले जनाकारी गराए ।


प्रकाशित : असार २७, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?