कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक बिरुवा हुर्काए २० रुपैयाँ !

सल्यान — शारदा नगरपालिकाले नगरभित्र एक बिरुवा हुर्काए स्थानीयवासीलाई २० रुपैयाँ पुरस्कार दिने भएको छ । नगरभित्रका १५ वडामा २४ हजार बिरुवा वितरण गरेको नगरपालिकाले बिरुवा संरक्षणका लागि यस्तो व्यवस्था गरेको हो ।

एक बिरुवा हुर्काए २० रुपैयाँ !

नगरपालिकाले एक वडामा एक हजारका दरले ९ हजार फलफूलका बेर्ना वितरण गरेको छ । त्यस्तै, अन्य जातका १५ हजार बिरुवा वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार आँप, लिची, अनार, सुन्तला, कागती, ओखर, टुनी, बुकाइनो, मलायागिरी, धुपिसल्ला, तेजपातलगायतका बेर्ना वितरण गरिएको छ । सरकारी नर्सरीबाट वितरण गरिएका बिरुवाको हेरचाह नगर्ने प्रवृत्ति बढेकाले नगरपालिकाले प्रतिबिरुवा हुर्काए २० रुपैयाँ दिने भएको हो ।

नगरपालिकाको पहिलो र तेस्रो नगरसभामा स्वीकृत कार्यक्रमअन्तर्गत एक वडामा कम्तीमा एक हजार बिरुवा रोपेर हुर्काए प्रतिबिरुवा २० रुपैयाँ दिने निर्णय गरेको थियो । ‘बिरुवा रोपेपछि किसानले हेरचाह गरे कि गरेनन् भन्नेबारे कृषि प्राविधिकले निरन्तर निगरानी गर्नेछन्,’ उनले भने, ‘हरियाली बढाउन र बिरुवा संरक्षणका लागि २० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको हो ।’ आगामी आर्थिक वर्षदेखि किसानका घरघरमा गएर अनुगमन गर्ने र किसानलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ ।

प्रकाशित : असार २७, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?