१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बहिष्कारबीच नगरसभा

डोल्पा — विरोधका बावजुत ठूलीभेरी नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । ५२ सदस्यमध्ये २५ नगर कार्यपालिका सदस्यले नगरसभा बहिष्कार गरेका थिए । २७ सदस्यको उपस्थितिमा बहुमतले नगरसभा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

बहिष्कारबीच नगरसभा

यसअघि दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएपछि जनप्रतिनिधिबीच लामो समयदेखि विवाद हुँदै आएको छ । बहुमत नगरसभा सदस्यको उपस्थितिमा जुफालमा नगरसगरभा सञ्चालन गरिएको नगरप्रमुख गणेशबहादुर शाहीले बताए । तर दुनै पक्षधर जनप्रतिनिधिले उपप्रमुख योगेन्द्रबहादुर शाही नेतृत्वमा छुट्टै बैठक गरेको बताएका छन् ।

नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सरेको भन्दै फागुन १४ गते राजपत्रमा प्रकाशित भएको थियो । त्यसविरुद्ध दुनै पक्षधर आन्दोलित भएका थिए । नगरप्रमुख शाहीले पटक–पटक कार्यपालिका सदस्यलाई बारम्बार पत्राचार र सार्वजनिक सूचना गरे पनि बेवास्ता गरेपछि विवादबीच नगरसभा गरिएको जानकारी दिए ।

नगरप्रमुखले मनपरी ढंगबाट जुफालमा केन्द्र सारेको भन्दै १, २, ३, ४, १० र ११ वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यले सभा बहिष्कार गरेका हुन् । स्थानीय सरकार सञ्चालन कार्यविधि बमोजिम ३ पटक सभा बोलाउँदा पनि केही सदस्यले बेवास्ता गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १७ कानुन पास गरिसकेको जनाएको छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?