२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ट्राफिक जरिवानाबाट १३ लाख

जाजरकोट — चालु आर्थिक वर्षमा जाजरकोट ट्राफिकले जरिवानाबापत् १३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अस्थायी ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १३ लाख ९ हजार राजस्व असुलेको हो ।

ट्राफिक जरिवानाबाट १३ लाख

ट्राफिक नियमको उल्लंघन गरी सवारीसाधन चलाउने सवारीधनीबाट जरिवानाबापत् राजस्व संकलन गरिएको अस्थायी ट्राफिक कार्यालयका प्रमुख आनसिंह भण्डारीले बताए । उनका अनुसार ४ सय ४९ बस, २ सय ५ ट्रक, २ सय २५ ट्रयाक्टर, ३ सय ९१ जिप र ५ सय मोटरसाइकललाई कारबाही गरिएको हो । ट्राफिक नियमको उल्लंघन गर्ने सवारीसाधनमध्ये बसबाट २ लाख ६१ हजार, ट्रकबाट १ लाख २० हजार ५ सय, ट्रयाक्टरबाट १ लाख ३५ हजार, जिपबाट २ लाख २० हजार र मोटरसाइकलबाट ५ लाख ७१ हजार जरिवाना असुलिएको छ ।

त्यस्त,ै ट्राफिकले ३ सय ९१ वटा मापसे, मापदण्डविपरीत भाडा लिने लगायतबाट १ लाख २५ हजार रुपैयाँ राजस्व उठाएको भण्डारीले बताए । कार्यालयमा मापसेसम्बन्धी चेकजाच गर्ने कुनै पनि औजार नहुँदा समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । लाइसेन्सबिना नै सवारीसाधन चलाउने र क्षमताभन्दा धेरै यात्रु राख्ने सवारीसाधन बढी कारबाही परेको प्रहरीको भनाइ छ ।

कार्यालयका अनुसार एक वर्षमा २७ साना दुर्घटना मात्र भएका छन् । भौगोलिक विकटता र जनशक्ति अभावले काम गर्न कठिनाइ भएको प्रहरी नायव उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए । उनका अनुसार जनशक्ति अभावका कारण जिल्लाका सबै क्षेत्रमा ट्राफिक प्रहरी सेवा विस्तार गर्न नसकिएको हो । जिल्ला ट्राफिक कार्यालयको भवन नहुँदा थप समस्या भएको उनले बताए ।

प्रकाशित : असार ३१, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?