कांग्रेसद्वारा नगरसभा बहिष्कार

दैलेख — नारायण नगरपालिकाको दोस्रो नगरसभा कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कर्मचारीको विषयमा विवाद भएपछि उनीहरूले बहिष्कार गरेका हुन् ।

कांग्रेसद्वारा नगरसभा बहिष्कार

सोमबार ११ बजे सुरु हुनुपर्ने नगरसभा कर्मचारी राख्ने विषयमा विवाद भएपछि साँझ ५ बजेबाट मात्र सुरु भएको थियो । सभा सुरु भएको केही समयमै कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेपछि एकलौटी चलेको थियो ।

एक महिनादेखि कर्मचारीको विषयमा जनप्रतिनिधिबीच विवाद भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले नगरमा कर्मचारी राख्ने विषयमा सहकार्य गरे पनि नगरपालिकाले बेवास्ता गर्दै आएको थियो । नगरपालिकाले ५ पुरुष कर्मचारीलाई हाजिर गराए पनि ३ महिला कर्मचारीलाई हाजिर गर्न दिएको थिएन ।

कर्मचारी खम्बिरा केसी, उर्वशी रेग्मी र सुनिता खाँडले नगरपालिकाले हाजिर गर्न नदिएपछि जिससमा काम गर्दै आइरहेका छन् । कार्यपालिका सदस्यले एक वर्षसम्म नगरप्रमुखले एकलौटी काम गर्न खोजेको आरोप लगाएका छन् । कार्यपालिका सदस्य पूर्णबहादुर मल्लले नगरप्रमुखले पार्टीको निर्देशनअनुसार एकलौटी काम गर्दै आएको बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?