२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शंखेकीराले खायो २० हेक्टर तरकारी

सल्यान — शारदा नगरपालिका–६ र ७ बरलाका किसानले २० हेक्टरमा लगाएको तरकारीमा शंखेकीराले क्षति पुर्‍याएको छ । भर्खर लगाएको तरकारी बालीको कलिलो मुन्टा नष्ट गरेको किसानको भनाइ छ ।

शंखेकीराले खायो २० हेक्टर तरकारी

बरलाका किसानले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खेकीराका कारण उत्पादन र आम्दानी घट्ने किसानको गुनासो छ । यहाँका किसानले तरकारीबाट वार्षिक दुई करोडसम्म आम्दानी गर्छन् ।

कीराले तरकारीको बेर्नामा बढी क्षति पुर्‍याएको कृषकको गुनासो छ । बरलाका ५० बढी घरधुरीले व्यावसायिक तरकारी खेती गरेका छन् । शंखेकस्राले धानमा समेत क्षति पुर्‍याउन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार २० हेक्टरमा लगाइएको तरकारीमा शंखेकीराले क्षति पुर्‍याएको छ । त्यसमध्ये दुई हेक्टरमा लगाइएको तरकारी कामै नलाग्ने भएको उनले जनाए । किसानको करिब १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

शंखेकीरा नियन्त्रणका लागि कुनै औषधि नभएको शर्माले बताए । किसानलाई विषादी वितरण गरिए पनि नियन्त्रणमा नआएको शर्माले जनाए । ‘नुनले गलेर शंखेकीरा मर्ने भएकाले घरेलु उपचार विधि अपनाउन किसानलाई सल्लाह दिएका छौं,’ उनले भने, ‘अहिले किसानले घरेलु विधि अपनाउन थाल्नुभएको छ ।’ तरकारी बचाउन किसानले एक सातामा १० क्विन्टल बढी शंखेकीरा नष्ट गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?