१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१५ सय मानसिक रोगी

सल्यान — जिल्लामा मानसिक रोगीको संख्या बढ्दै गएको छ । मानसिक समस्या हुनेमा महिलाको संख्या बढी छ । जिल्लामा गत वर्ष एक हजार चार सय मानसिक रोगी भेटिएका थिए ।

१५ सय मानसिक रोगी

यस वर्ष एक हजार पाँच सयभन्दा बढीमा मानसिक समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार महिलामा डिप्रेसन, आत्तिने, निद्रा नलाग्नेलगायतका मानसिक समस्या देखिएका छन् । जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढामगरका अनुसार मानसिक रोगबाट पीडित हुनेमा महिलाको संख्या ७० प्रतिशत बढी छ । जिल्ला अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा १५ जनासम्म मानसिक समस्याका बिरामी हुने गरेको उनको भनाइ छ । ‘पति वैदेशिक रोजगारीका लागि गएका महिला एक्लिने गरेका छन्,’ उनले भने, ‘त्यसले पनि महिलामा मानसिक समस्या देखिएको हो ।’ महिलामा हिंसाका कारण पनि मानसिक समस्या देखिएको उनले जनाए ।

थारमारे र लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा सबैभन्दा बढी मानसिक रोगी भेटिएको कार्यालयले जनाएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले जिल्ला अस्पतालमा साताको एक पटक मानसिक रोगीलाई परामर्श दिने गरेको जनाएको छ । मानसिक रोगका कारण जिल्लामा धेरैले आत्महत्या गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?