कान्तिपुरकर्मी पुरस्कृत

कान्तिपुर संवाददाता

सुर्खेत — कान्तिपुरकर्मी हरि गौतम पुरस्कृत भएका छन् । राष्ट्रिय महिला आयोगले महिला हिंसाविरुद्ध, महिला सशक्तिकरण, विकास तथा लैङ्गिक समानताको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै कान्तिपुर दैनिकका रुकुम संवाददाता गौतमलाई कदरपत्रसहित नगद १५ हजारले पुरस्कृत गरेको हो । 

शुक्रबार राष्ट्रिय महिला आयोगमा आयोजित एक कार्यक्रममा गौतमलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले पुरस्कृत गरेकी हुन् । राष्ट्रिय महिला आयोगले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यो वर्ष कान्तिपुरकर्मी गौतम र नयाँ पत्रिका दैनिककी फोटो पत्रकार चन्द्रकला क्षेत्रीले प्राप्त गरिन् ।

आयोगले हरेक वर्ष पत्रकारितामार्फत महिलाका समस्या पहिचान, महिलाका मुद्दा स्थापित गर्न, महिला सशक्तिकरण, लैङ्गिक समानता तथा हिंसाविरुद्ध कलम चलाउने एक जना पुरुष र एक जना महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । शुक्रबार महिलाको क्षेत्रमा काम गर्दै आएका सातवटै प्रदेशका एक/एक गैर सरकारी संस्थालाई पनि आयोगले सम्मान गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

शेराटन होटलको जगमा खस्यो केशर पुस्तकालयको चमेना गृह र शौचालय [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपथस्थित केशरमहलसँगै निर्माणाधिन 'शेराटन होटल' को जग खन्ने क्रममा केशर पुस्तकालयको चमेना गृह र शौचालयमा ढलेको छ ।


पुस्तकालयको चमेना गृह, चर्पीशुक्रबार दिउँसो शेराटन होटलको जग हाल्न खनिएको खाल्डोमाखसेको हो। निर्माणका क्रममा सावधानी नअपनाएको कारण क्षति पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

गैरआवासीय नेपाल संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेलगायतको लगानीमा निर्माण सुरु गरिएको उक्त होटलको लागत करिब ८ अर्ब रहेको छ। होटल करिब १४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ। १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेस्ट रुम रहने जनाइएको छ।


तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित : श्रावण ४, २०७५ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्